ग्लोबल आईएमई बैंकको शेयर कारोबार भोलि (सोमबार) देखि खुल्ने भएको छ । नेप्सेले माघ पाँच गते आइतबार बैंकको मर्जरपश्चात पहिलो कारोबारको लागि मूल्य तोकेको छ ।
नेप्सेमा पहिलो कारोबारको लागि सोमबार बैंकको शेयर कारोबार प्रतिकिता २५२।४७ रुपैयाँ तोकेको छ । मर्जरमा जानु अघि नेप्सेमा ग्लोबल आइएमई बैंकको प्रतिकित्ता २९५ र जनता बैंकको प्रतिकिता २१४ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो ।
बैंकले माघ १ गते (वुधवार) सूचीकृत बैंकले ७ करोड २० लाख ८७ हजार ८१।१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो ।ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । मर्जरपश्चात् दुबै बैंकको असार २२ गतेदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको थियो ।