IME Life New

पुनर्बीमा कम्पनीको निक्षेप बिक्री भएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल पुनर्बीमा कम्पनीको मुद्दति निक्षेप बिक्री हुन सकेन । पुनर्बीमा कम्पनीले पहिलो पटक आह्वान गरेको बढाबढ सूचनामा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु सहभागी नभएपछि पुनः दोस्रो पटक बोलपत्र आह्वान गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले पुनः मद्धती निक्षेपमा लगानी गर्नको लागि बैंकहरुलाई आह्वान गरेको छ । कम्पनीले यसअघि पुसको पहिलो साता सूचना सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको थियो । तर बैंकहरुले प्रस्ताव पेश नगरेपछि कम्पनीले पुनः दुई वर्ष अवधिका लागि मुद्धती निक्षेपमा लगानी वाणिज्य बैंकहरुलाई दोस्रोपटक आह्वान गरेको हो ।

Esewa
Crest

कम्पनीले यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई पुस १७ गतेसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको थियोे । कम्पनीले दोस्रो पटक सूचना सावर्जनिक गर्दै मुद्धती निक्षेपमा ईच्छुक वाणिज्य बैंकहरुलाई माघ ८ गते भित्रमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्नका लागि वाणिज्य बैंकले कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्किय कर्जा, सि.डि रेसियो, तरल सम्पत्ति र स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिल्लो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका र अन्य कुराहरु खुलाउनुपर्ने माग गरेको छ । साथै कम्पनीले मुद्दती निक्षेप सम्बन्धी बढाबढमा न्यूनतम आठ अर्ब चुक्ता पुँजि भएका बाणिज्य बैंकहरुले मात्रै भाग लिन पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS