IME Life

बीमकसँग सहकार्य नगरी प्रदेश दुई सरकार बीमा अभियान चलाउँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रदेश नं २ सरकारले बीमा कम्पनीहरुसँग सहकार्य नगरी आजदेखि बीमा सप्ताह कार्यक्रम संचालन ल्याएको छ । प्रदेश नं २ सरकार मुख्यमन्त्री कार्यालयका अनुसार प्रभु बैंकको सहकार्यमा एक हप्ते छोरी बीमा अभियान सुरु गरिएको हो ।

बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीले प्रदेश नं २ मा हुन लागेको छोरी बीमा अभियानबारे कुनै जानकारी नभएको बताए । त्यस्तै बीमा कम्पनीहरुले पनि सो सम्बन्धमा कुनै प्रकारको सहकार्य नभई जानकारी समेत नभएको प्रतिक्रिया इन्स्योरेन्स खवरलाई दिएका छन् ।

Prabhu
Crest

प्रदेश सरकारले गत बर्ष नै ‘बेटी बीमा’ अभियान संचालनमा ल्याएको जनाएको छ । बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमालाई जनस्तरसम्म पुर्याउने हेतुले उक्त अभियान संचालन गरिएको प्रदेश नं २ मुख्य मन्त्री कार्यालयले जनाएको छ । छोरी शिक्षा बीमा गराउने छोरीहरुले तीन महिनाको, निशुल्क इन्टरनेट सेवा समेत उपलब्ध गराइने र सो कार्यको लागि भायनेटसँग प्रदेश सरकारको सम्झौता भएको छ ।

प्रदेश नं २ सरकारले वि.स २०७५ माघ १ गते यता उक्त प्रदेशमा जन्मेका छोरीहरु मात्रै उक्त अभियानमा सहभागी हुन योग्य हुनेछन् । माघ २ गतेदेखि ९ गतेसम्म प्रदेश नं २ को आठवटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS