IME Life New

स्वास्थ्य बीमा गर्नेमा बाजुराका जनता सबैभन्दा अगाडि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बाजुरा। सुदूरपश्चिमाञ्चलको सबैभन्दा विकट जिल्ला बाजुरामा स्वास्थ्य बीमा तर्फ बीमीतहरु आकर्षण भएका छन् । सुदूरपश्चिम प्रदेशका अन्य सातवटा जिल्लाहरुको तुलनामा बाजुरामा बीमितहरु आकर्षित भएको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कले देखाएको छ । बाजुरा जिल्लाका जनता स्वास्थ्य बीमाका लागि अन्य जिल्लाका जनतालाई उछिन्दै सबैभन्दा अगाडि देखिएका छन् ।

Source : Health Insurance Board

स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार बाजुरा जिल्लामा १९ प्रतिशत जनताले स्वास्थ्य बीमामा सहभागी भएका छन् । कुल जनसङख्या एक लाख ३४ हजार ९ सय १२ रहेको बाजुरमा २६ हजार ५ सय ७४ जना स्वास्थ्य बीमामा सहभागी भएका छन् ।

Crest

त्यस्तै दोस्रोमा कैलाली जिल्ला रहेको छ । सात लाख ७५ हजार ७ सय ९ जना रहेको जनसङख्या रहेको कैलाली जिल्लामा एक लाख ३५ हजार ८३१ जना स्वास्थ्य बीमामा सहभागी भएका छन् । कैलाली जिल्लामा कुल जनसङख्याको १७ प्रतिशत जनसङख्या स्वास्थ्य बीमामा आवद्ध छन् ।

तेस्रोमा बझाङ जिल्ला रहेको छ । कुल जनसङख्याको १५ प्रतिशत मानिसहरु स्वास्थ्य बीमामा आवद्ध रहेका छन् । एक लाख ९५ हजार १ सय ५९ जनसङख्या रहेको बझाङ जिल्लामा ३० हजार १ सय २२ जना स्वास्थ्य बीमाको दायरामा रहेका छन् ।

त्यसैगरी, अछाममा १० प्रतिशत, कञ्चनपुरमा ५ प्रतिशत, बैतडीमा ४ दशमलव ७७ प्रतिशत, दार्चुलामा ४ दशमलव २६ प्रतिशत बीमीतहरु स्वास्थ्य बीमाको दायरामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS