काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुलाई स्वास्थ्य उपचारका लागि गत बर्ष भएको सम्झौता नविकरण भएको छ ।
उक्त सम्झौताममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनसार बैंकले न्यून आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपल्ध गराउँदै आएको सम्झौता पुन:नविकरण गरिएको छ ।
बैंकले नारी बचत खाता वापत मासिक १ को दरले नारी सामाजिक कोषमा जम्ममा गर्दै आएको थियो । बैंकको उक्त संकलित रकम नारी उत्थान लागि खर्च गर्ने उधेश्यले नै बैंकले गत बर्ष पाटन अस्पतालसँग सम्झौता गरेको थियो ।