काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि नगद लाभांश शेयरधनीको खातामा जम्मा गर्ने व्यवस्था गरेको छ ।
लघुवित्तले पुस १० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो ।
गत पुस २३ गते सम्पन्न लघुवित्तको वार्षिक साधारण सभाले १२.५० प्रतिशत नगद लाभांश र १२.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।