काठमाडौं । युनाइटेड फाइनान्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गतवर्षको नाफाबाट सेयर धनीलाई ७ दशमलव ५२ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारणसभाबाट पारित भएको छ ।
साधारणसभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्तकुमार चोेैधरी, राहुल इन्फ्रास्ट्रक्चर प्रालिका प्रतिनिधि रोशन अधिकारी, एमए डव्ल्यू इन्टरप्राइजेज प्रा. लिका प्रतिनिधि विष्णुकुमार अग्रवाल, वेनी गोपाल मुन्दडा, तथा मनिषकुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचन गराएको छ ।