IME Life New

शाखा प्रमुख हुदैमा बीमा अभिकर्ता तालिम संयोजक बन्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा अभिकर्ताले बिमितलाई बीमा कम्पनिका नीति तथा बीमाका प्रकार साथै बीमा अवधिका बारेमा बताई बीमा गर्न/बीमा योजना खरिद गर्न प्रेरित गर्दछन् । बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण गरेको हुनुपर्छ । योग्यता पुगेका जो कोहि नेपाली नागरिकले जिबन/निर्जिबन बीमा अभिकर्ता बन्न सक्नेछन् ।

तर पछिल्लो समय बीमा कम्पनीहरुले घरमा नै पुगेर बीमा अभिकर्ता लाईसेन्स वितरण गर्न थालेको गुनाशो बढ्न थालेको छ, व्यवसाय बढाउँने प्रतिस्पर्धामा कम्पनीहरुले घरमा नै पुगेर लाईसेन्स प्रदान गर्न थालेका हुन् । तर नेपालको बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले भने बीमा अभिकर्ता बन्नको लागि कम्तिमा पनि १७ घण्टाको अभिकर्ता तालिममा सहभागी भएको हुनु पर्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

शाखा प्रमुख हुदैमा अभिकर्ता तालिम संयोजक बन्न नपाइने
पछिल्लो समय बीमा क्षेत्रमा नयाँ जिबन बीमा कम्पनी थपिए संगै दक्ष कर्मचारीको अभाब छ तसर्थ बीमा कम्पनीहरुले कर्मचारी भर्ना गर्दा बीमा क्षेत्रमा सामान्य अनुभबी कर्मचारीलाई शाखा प्रमुखको जिम्मेबारी दिन बाध्य छन् तर त्यस्ता शाखा प्रमुख दैनिक काम काजको लागि योग्य भय पनि बीमा अभिकर्ताको आधारभूत तालिमको संयोजक वा प्रशिक्षक बन्न पाउदैनन ।

“बीमकले संचालन गर्ने बीमकले संचालन गर्ने बीमा अभिकर्ताको तालिम निर्देशिका, २०७२” अनुसार बीमा अभिकर्ताको आधारभूत तालिममा कम्तिमा स्नातक परीक्षा उत्तिर्ण गरी तालिम प्रदान गर्नुपर्ने बिषयमा दक्षता हासिल गरेका नेपाली नागरिक हुनुपर्नेछ भन्ने व्यवस्था छ तर अहिले स्नातक तह उत्तिर्ण नगरेका तर कम्पनीमा शाखा प्रमुख/इन्चार्जको रुपमा कार्यरत कर्मचारीहरुले नै तालिम संयोजकको रुपमा कम गर्दै आएको पाइनछ जुन “बीमकले संचालन गर्ने बीमकले संचालन गर्ने बीमा अभिकर्ताको तालिम निर्देशिका, २०७२” को ठाडो उल्लंघन हुन जान्छ ।
बीमा कम्पनीहरुलाई अधिकृत तह भन्दा तल्लो तहको कर्मचारी भर्ना गर्दा स्नातक तह उत्तिर्ण गर्नुपर्नु पर्ने अनिबार्य छैन तर त्यस्ता कर्मचारीले बीमा अभिकर्ताको तालिमको प्रशिक्षक वा तालिम संयोजक बन्न भने कानुनले बर्जित गरेको देखिन्छ ।

योग्य छैनन प्रशिक्षक
बीमकले सञ्चालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका अनुसार कम्पनीहरुले प्रत्येक बर्ष प्रशिक्षको लिष्ट निकाल्न सक्नेछन् । स्नातक तह उर्तिण गरी सम्बन्धीत ज्ञान हासिल गरेको व्यक्ति नै प्रशिक्षक बन्न पाउँने व्यवस्था छ । तर, निर्देशिकामा व्यवस्था गरिए बमोजिमका योग्यता नभएका व्यक्तिले पनि तालिम सञ्चालन गर्दै आएका छन् ।

त्यति मात्रै नभएर सामान्य अभिकर्ताले नै अभिकर्ता तालिम सञ्चालन गर्ने गरेको सरोकारवालाहरु बताउँछन् । यस्ता खालका अभिकर्ताले दिने तालिममा नव प्रवेशीलाई अरु कम्पनीलाई गाली गर्ने, होच्चाउने र नकरात्मक सन्देश दिएर आफनो कम्पनीको पोलिसी बेच्न सिकाउँने गरेको उनीहरुले बताए । यदि यस्तो अवस्था रहि रहने हो भने नेपालको बीमा बजार एक दिन ध्वस्त हुने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS