Connect IPS
IME Life

नागबेली लघुवित्तको साधारण सभा माघ २६ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्ने प्रस्ताव सहित माघ २६ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ । पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे शुरु हुने संस्थाले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनको लागि १.३६८ प्रतिशत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव तथा अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले माघ १३ गतेदेखि बुकक्लोज गर्नेछ । त्यसकारण माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS