IME Life New

आशा लघुवित्तद्धारा सीपमूलक तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बारा । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामा आबद्ध सदस्यहरु मध्ये ११० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने झोल साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गा.पा. प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने ब्यक्त गर्नु भयो साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गा.पा. उपप्रमुख मतिपुनम देबी साहले तालिम पश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने बताए ।

Esewa
Crest

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकी थिइन् । तालिमबाट सहभागीहरुले कम लागतमा लुगाधुने झोल सर्फ तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीप मूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS