काठमाडौं। सिभिल लघुवित्त वित्तिय संस्थाले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग अनुमति माग गरेको छ । संस्थाले १ः१ को अनुपातमा ११ लाख ४१ हजार एक सय ४० कित्ता सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
हकप्रदमा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटललाई तोकिएको छ । हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो ।