IME Life New

नबिल बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि पुस २२ गते हुँदैछ । उक्त सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा गर्ने जनाएको छ ।

नबिलले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

सभामा बैंकले यस वर्षको लागि ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २२ प्रतिशत नगद लाभांश यस वर्षका लागि तय गरिएको हो । बैंकले लाभांश बाहेक सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

त्यस्तै, सभामा चालू आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षणका लागि चार्टर्ड एकाउण्टेण्ट्स नियुक्ति गर्ने साथै सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी ११ अर्ब र्पुयाउने प्रस्ताव समेत पारित गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS