Connect IPS
IME Life

कृषि बीमाका लागि बीमा कम्पनीहरुलाई जिल्ला तोकियो, कुन जिल्लामा कुन बीमा कम्पनी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कृषि बीमाका लागि कार्यक्षेत्र तोकिदिएको छ । सरकारले अगाडि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउने समितिले कम्पनी अनुसार जिल्ला तोकिदिएको जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बीमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापी रुपमा लागू गर्ने लक्ष्य राखेको छ । सरकारको लक्ष्य हासिल हुने गरी निर्जिवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर कृषि बीमा व्यवसाय गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

समितिका अनुसार कम्पनीहरुले घुम्ति बीमा सेवा मार्फत कृषि बीमा व्यवसाय सञ्चालन गर्ने छन् ।

समितिका अनुसार नेपाल इन्स्यारेन्स कम्पनीले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा कृषि बीमाको काम गर्नुपर्नेछ । यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाममा कृषि बीमा गर्नुपर्नेछ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी कालिकोट, दैलेख, सुर्खेत र बर्दिया, सगरमाथा इन्स्योरेन्स कम्पनीले मुगु, जाजरकोट र जुम्ला, एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके, प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही जिल्लामा कृषि बीमा गर्नुपर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी, शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट, हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा, प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कृषि बीमा गर्नुपर्नेछ ।

समितिका अनुसार आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी, नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीमा कृषि बीमा गरी कृषकलाई सहयोग पु¥याउनुपर्ने जनाएको छ ।

सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ, जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा, अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटका कृषि बीमा गर्नुपर्नेछ । काठमाडौँ र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीलाई कार्यक्षेत्र तोकी जिम्मा दिइएको छ ।

समितिका अनुसार ७७ वटै जिल्लामा कार्यक्षेत्र तोकिएको र घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बीमा गर्नुपर्नेछ । कृषकलाई बीमासम्बन्धी जनचेतना जगाउने र बीमाका लागि अभिप्रेरित समेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको समितिले जनाएको छ । (रासस)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS