IME Life New

बैंकर्स संघको कार्यसमितिले गर्यो पदभार ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित कार्यक्रममा सानिमा बैंकको सीईओ भुवन दाहालको नेतुत्वमा गठन भएको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको जनाइएको छ ।

गत मंसिर १९ गते सम्पन्न बैंकर्स संघको वार्षिक साधारण सभाले भुवन दाहालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। ज्ञानेन्द्र ढुङ्गानाको समितिको पदावधि बाँकी रहेका कारण नयाँ समिति गठन भएपनि पदभार ग्रहण गर्न पाएको थिएन ।

Esewa
Crest

संघको उपध्याक्षमा नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागरले नै निरन्तरता पाएका छन्। यसका साथै सिभिल बैंकका सीईओ गोविन्द गुरुङ्ग, एनसीसी बैंकका सीईओ रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले पनि सदस्य पदमा निरन्तरता पाएका छन् ।

त्यस्तै, संघको अन्य सदस्यमा एनएमबि बैंकका सीईओ सुनिल केसी, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, सनराइज बैंकका सीईओ जनक शर्मा पौड्याल चयन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS