IME Life New

महिला उद्यमशीलता कर्जामा व्याज अनुदान कसरी पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिलाहरु घरायसी काममा मात्र सिमित भए महिलाहरुले घरायसी काम बाहेक अरु केही गर्न सक्दैनन् भन्ने हाम्रो समाज, तर सरकारले महिला उद्यमशील क्षमताको विकास गर्नका लागि पन्ध्र लाख रुपैयाँसम्म ऋणमा ब्याज अनुदान दिने गरी सूचना नेपाल सरकार मन्त्रिपरिषद् द्वारा जारी गरिएको “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्य्विधि २०७५” उल्लेख गरिएको छ । यो कर्जा एकल वा सामूहिक जमानीमा उपलब्ध हुनेछ ।

ऋण कति समयमा तिर्नुपर्छ ?
सामान्यतया यस्तो ऋण बढीमा पाँच वर्षमा तिर्नु पर्ने हुन्छ तर व्यवसायको प्रकृति अनुसार सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण चुक्ता गर्नु पर्ने अवधि तोक्न सक्नेछन् ।

Esewa
Crest

किस्ता भुक्तानी अवधि कर्जाको प्रकार,रकम,उद्देश्य र जोखिमको स्तर लगायतका आधारमा निर्धारण गरिनेछ ।

कसले पाउँछ यस्तो कर्जा ?
-१८ वर्ष उमेर पूरा भएको महिलाले यस्तो कर्जा पाउन्छन् । समूह भए फरक परिवारका कम्तीमा पाँच जना १८ वर्ष उमेर पूरा भएका महिला हुनुपर्ने प्रावधान छ ।

-कर्जा लिँदा उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव तथा समूहको हकमा सामूहिक जमानी सम्बन्धी कागजात चाहिन्छ ।

-प्यान नम्बर पनि लिएको हुनुपर्छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको व्यक्तिले यस्तो कर्जा लिन नपाउने व्यवस्था छ ।

कर्जाको व्याजदर कति ?
नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत विन्दु भन्दा बढी नहुने गरी ब्याज दर कायम गर्नु पर्ने व्यवस्था छ । कर्जाको ब्याज भन्दा बाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क पनि बैंकले लिन पाउँदैन । बैंकले यसरी लिएको व्याजको पाँच प्रतिशत सरकारले व्यहोर्छ ।

के के कागजात चाहिन्छ?

-स्पष्ट रूपमा भरेको आवेदन फारम
-नागरिकता प्रमाण पत्रको प्रतिलिपि
-प्रचलित कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नं (एब्ल्) प्रमाण पत्रको प्रतिलिपि
-कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वस्घोषणा
-सामूहिक जमानीको हकमा सामूहिक जमानी सम्बन्धि कागजात
-उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्ताव

निवेदन स्वीकृत भएको कसरी थाहा हुन्छ ?
बैङ्क तथा वित्तीय संस्थाले निवेदन प्राप्त गरेको २१ दिन भित्रमा ऋण स्वीकृत हुने वा नहुने निर्णय गर्नु पर्दछ । ऋण दिन नसकिने भएमा स्पष्ट कारण सहित निवेदकलाई जानकारी दिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS