IME Life New

मिर्मिरे लघुवित्तद्धारा गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चरिकोट । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय जहरे,पिपरी, शिशै, गोवल्टार,चरिकोट, रजहर, बलकोट, चेरनेटा, देउराली, खहरे बजारले  गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न शाखामा भएको कार्यक्रममा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिर्ख ब. बोहरा, आन्तरीक लेखा परिक्षण विभाग प्रमुख शुसिल बुढा, तालिम तथा सामाजिक विकास विभाग प्रमुख बिकल काफ्ले, चेरनेटा ब्लक स्टेसन प्रमुख सुरेश खड्का, फेनरा ब्लक स्टेसन प्रमुख रमेश घिमिरे लगायतको उपस्थीती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा सदस्यहरुको स्वास्थ्य चेक जाँच साथै स्थानीय तह तथा नेपाल प्रहरीको सहकार्यमा स्थानीय स्तरमा देखिएका सामाजिक कुरीतिका विषयमा छलफल समेत गरीएको थियो । लघुवित्त संस्थाको समाजिक उत्तरदायित्तव मात्र नभई आर्थिक र सामाजिक विकास सँगसँगै अगाडि बढाउनु पर्ने भएकाले सहकार्य ध्यान दिर्नु पर्ने कुरामा जोड दिएको थियो ।

विभिन्न ठाँउमा भएको कार्यक्रममा बोल्दै संस्थाका विभागिय प्रमुखहरुले कर्जा, बचत, विप्रेषण, आम्दानीको महत्वको बारेमा बोल्दै सदस्यबाट आएका गुनासो सम्बोधन समेत गरेका थिए ।

त्यस्तै स्थानीय तह र नेपाल प्रहरीका प्रतिनिधिले मिर्मिरे लघुवित्तले गर्दै आइरहेको काम देखेर खुशी लागेको बताउदै सबै मिलेर नै आर्थिक विकास तथा सामाजिक विकास गर्न सकिन्छ भन्दै लघुवित्तले आर्थिक क्रियाकलापका साथै स्थानीय तह तथा प्रहरी प्रशासनलाई समेत साथमा लिई काम गरेकोमा बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS