IME Life New

कामना सेवा विकास बैंकको ६.८% लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई ६ दशमलव ८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न १३ औ बार्षिक साधारणसभाले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ६.८ प्रतिशका दरले हुन आउने १७ करोड २७ लाख रुपैयाँ बराबरको (कर सहित) नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदनमा छलफल गरि नाफा–नोक्सान हिसाब लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै, सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।
बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो । लाभांश वितरण योग्य नाफा भने २७ करोड ३८ लाख रुपैयाँ छ ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखा विस्तार, प्रविधिको स्तरोन्नती जस्ता दिर्घकालीन रणनितिका बाबजुद पनि कम्पनीले आफ्ना शेयरधनीलाई ६.८ प्रतिशत प्रतिफल दिन सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS