Connect IPS
IME Life

म्यादी जीवन बीमामा शुल्क फिर्ता हुने, सन नेपाल लाईफले ल्यायो नयाँ योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन् नेपाल लाईफले पहिलो पटक म्यादी बीमामा बीमा शुल्क रकम फिर्ता गरी जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । १० वर्ष न्यूनतम अवधी र १० लाख रुपैयाँ न्यूनतम बीमांक रकम भएको म्यादी जीवन बीमा योजना नयाँ वर्षको पूर्वसन्ध्यामा मंगलबार सार्वजनिक गरिएको हो । स्वर्णिम धनफिर्ता म्यादी जीवन बीमा योजना नाम दिइएको उक्त योजना आजैबाट सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

बचत भन्दा जोखिम सुरक्षणको महत्व बढि हुनेलाई लक्षित गरी म्यादी जीवन बीमा योजनामा बीमा शुल्क फिर्ता गर्ने योजना ल्याएको सन नेपाल लाईफका सिईओ राज कुमार अर्यालले बताए । धेरै रकमको जोखिम बहन गर्ने उद्देश्यले न्यून आय भएकालाई बीमा क्षेत्रमा आकर्षित गर्न नयाँ बीमा योजना बजारमा ल्याएको सन नेपाल लाईफले जनाएको छ ।

Prabhu
Crest

आज सार्वजनिक गरिएको नयाँ म्यादी जीवन बीमा योजनाको बीमा शुल्क म्यादी जीवन बीमा शुल्क भन्दा केही बढि मात्रै छ । उक्त बीमा पोलिसी अनुसार अवधी नसकिँदै मृत्यु भएमा बीमाङ्क रकम प्राप्त गर्नेछन् भने मृत्यु नभई बीमा परिपक्व भएको अवस्थामा तिरेको बीमा शुल्क फिर्ता पाउनेछन् । यस्तो योजनामा सम्भवतः नेपालमा पहिलो पटक भएको कम्पनीको दावी छ । यद्यपि यस योजनामा बोनस भने पाइनेछैन ।

यसैबीच, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्दै आएको सेवा सुविधा अन्तर्गत दुर्घटना मृत्युलाभ पूर्ण अशत्तता लाभ एवम् बीमाशुल्क छुट सुविधातर्फ बीमाङ्क रकम बृद्धि गरी ५० लाख रुपैया कायम गरेको छ । अब उप्रान्त बीमा गराउने बीमितले उक्त सीमा सम्म त्यस्तो लाभ लिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, जीवन बीमा अन्तर्गत मृत्यु दावीसँगै किरिया खर्च सुविधा थप गर्ने गरी बीमा गर्न सकिने । त्यस्तो सुविधा यस अघि बालबालिका सम्वन्धी बीमामा प्रस्तावक (संरक्षक) को मृत्यु हुँदा प्रदान गरिने व्यवस्था थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS