IME Life New

अबको पाँच बर्ष बुलिस ट्रेण्ड, बजार ‘ग्रिन जोन’ मा ( तालिका सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चाणक्य नीति अनुसार जीवनमा सफलता वा असफलता, लाभ वा हानी, सुख वा दुःख आउँछन् र जान्छन्। मानिसलाई सफलता, लाभ र सुख कहिले प्राप्त हुन्छ यो मानिसले गर्ने कर्ममा निर्भर रहन्छ। समयको पहिचान गरी लगानी गरेमा १ रुपैयाँ पनि घाटा हुन्न तर आफ्नो आर्थिक क्षमता, योग्यता र कुशलता बमोजिम योजना बनाउनु पर्छ र आजकाल गुरुलाई विशेषज्ञका रुपमा बुज्दा राम्रो होला।

Esewa
Crest

इतिहासकै उच्चतम अङ्कमा २०७३ साउन १२ गते (१८८१ दशमलव ४५) पुगेको नेप्सेले ११ सय १० अङ्कमा यु’ टर्न लिएको छ। बजारको यो गिरावट २०६५ देखि २०६८को गिरावटको तुलनामा भने निकै कम हो तर शेयर बजारमा आएको लगातारको वृद्धिले शेयर बजारको बियरिस प्रवृत्ति सकिएर बुलिस बजारको सुरुवात भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। सूचीकृत कम्पनीहरुका शेयर मूल्य ‘बटम लाइन’मा आएको र मूल्य आम्दानी अनुपात पीई रेसियो समेत १०-११ गुणामा आएपछि न्यून मूल्यमा अधिक खरिद चाप परेर माग सिर्जना हुने सिद्धान्त बमोजिम बजारले बढ्ने गति लिएको हो भन्ने कुरा एकै दिन आधा अर्ब बराबरको कारोबारले पुष्टि गरिरहेको छ।

नेप्सेको इतिहास र विकास क्रमलाई पनि हेर्ने हो भने तीन वर्ष बियरिस ट्रेन्ड रहने र करिब पाँच बुलिस ट्रेन्ड हुने गरेको पाइन्छ। यसैलाई आधार मान्ने र हेर्ने हो भने जेष्ठ २०७५मा नेप्से १३२१को विन्दु पुग्नुले नै बुलिस बजारको सङ्केत देखाई सकेको थियो । तसर्थ अबको पाँच वर्ष बुलिस मार्केट रहने अनुमान गरिएको छ।

नोट: यो नेप्सेको बिगतका आधारमा गरिएको एक प्रक्षेपण मात्र हो।

९ सय ५० देखि एक हजारको लेबलमा आएर करेक्सन हुनु पर्ने नेप्से ११०३को गिरावट तुलनात्मक रूपमा निकै कम हो। यसको अर्थ शेयर बजार सोही अनुसार घट्नु पर्छ भन्ने अवश्य होइन। सामान्यता: चार गुणाले पुँजी बढाएपछि सैद्धान्तिक रुपमा शेयर मूल्य चार गुणाले तल आउने हो तर यसपटक यस्तो हुने कुनै सङ्केत देखिदैन। शेयर बजार व्यवहारिक रुपमा केही भिन्नता हुने प्रवृत्ति नै यसको सुन्दरता हो। अब माथिको तालिकालाई आधार मान्ने हो भनेर ११०३ वाट बजार फर्के कै हो भने यो बुलिस साईकल भन्दा २३८९ अगावै पुनः ‘यु’ टर्न लिन्छ।

यो लेख पढिरहँदा  यहाँहरूको मनमा एउटा प्रश्न उब्जन सक्छ बजार उही हो, लगानीकर्ता उनै हुन् , सरोकारवालाको हालत ऊहिछ अझै तरलता अभावको कुराहरू पनि सुनिँदै छ यस्तो अवस्थामा बजार कसरी जाला ग्रिन जोनमा?  नेप्से इन्डेक्सको क्रमिक अनुशासित वृद्धिले बजार अब ‘बुल’ हुने सङ्केत दिएको छ भने अब लगानीकर्ताहरुले पनि विश्लेषण गरी लगानी गर्ने बानीको विकास गर्नुका साथै नीतिगत रूपमा नै पुँजीबजारलाई देशको समग्र आर्थिक विकासको पर्यायवाची रूपमा हेर्न थालिएको छ।  बाजार दिन दिनै परिपक्व हुँदै छ भन्दै निम्न कुराले पुष्टी गर्दछ:

१. बैंक ब्याजदर र वित्तीय नीतिमा विकास
२. नेप्से र अनलाइन सिस्टम विकास
३. धितोपत्र बोर्ड र बजार निर्माताको भूमिका
४. बैङ्क, बिमा कम्पनी, लघुवित्तको पुँजी वृद्धि
५. गैर आवासीय नेपालीमा बजार प्रतिको चासो
६. आधारभूत र प्राविधिक विश्लेषण गरी लगानी गर्ने शैली
७. सूचीकृत कम्पनीहरूको प्रतिफल दिने क्षमतामा विकास
८. प्रादेशिक स्तरमा ‘ब्रोकर’को अवधारणमा नियामक सकारात्मक
९. एक घर एक डिम्याको नीति आउनु
१०. मार्जिन लेण्डिङ सेवा

( विगत १७ वर्ष देखि  शेयर बजारको अनुभव संगालेका लेखक हाल संयुक्त राज्य अमेरिकाको आर्कान्सास राज्यमा छन् )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS