IME Life New

नेपाल पुनर्बीमा कम्पनीले दुई बर्षे मुद्दतीमा पैसा राख्ने, बढाबढ खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले दुई वर्ष अवधिका लागि मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव आह्वान गरेको छ । कम्पनीले वाणिज्य बैंकहरुलाई मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले शुक्रबार सार्वजनिक सूचना मार्फत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई पुस १७ गतेसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो । जुन बैंकले बढि प्रतिशत ब्याज दिन्छ, सोही बैंकमा मुद्दति निक्षेपमा रकम जम्मा गरिने सूचनामा उल्लेख छ ।

Esewa
Crest

वाणिज्य बैंकले कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्किय कर्जा, सि.डि रेसियो, तरल सम्पत्ति र स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिल्लो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका र अन्य कुराहरु खुलाउनुपर्ने सूचनामा जनाइएको छ ।

साथै मुद्धती निक्षेपमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै रकम फिर्ता वा मुद्धती निक्षेप धरौटी राखी ऋण लिनुपर्ने अवस्थाको शर्त एवं सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरि नेपाल राष्ट्र बैंकले तोकेको सूचांक अनुरुप नभएको वणिज्य बैकलाई प्रतिस्पर्धामा सहभागी नगराईने कम्पनीले जानकरी गराएको छ । मुद्दती निक्षेप सम्बन्धी बढाबढमा न्यूनतम ८ अर्ब चुक्ता पुँजि भएका बाणिज्य बैंकहरुले मात्रै भाग लिन पाउनेछन् । साथै प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ हुनुपर्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS