काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफनो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं। ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाँउपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने बैंकले जनाएको छ ।
काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।