IME Life New

निर्जिवन बीमा कम्पनीमध्ये कसले गरे आक्रामक व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १६ वटा पुराना निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन वृद्धि गर्नेमा युनाईटेड इन्स्योरेन्स कम्पनी पर्दछ। चालु आर्थिक वर्षको प्रथम त्रैमास र गत बर्षकोे प्रथम त्रैमासको तुलनामा कम्पनीको कुल बीमाशुल्क ४४ प्रतिशतले बढेर १८ करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ८७ करोड कुल रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

दोश्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीको कुल बीमा शुल्क चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २६ प्रतिशतले बढेर ४० करोड २० लाख रुपैयाँ पुगेको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ३१ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

तीन पुराना निर्जिवन बीमा कम्पनीको घट्यो बीमाशुल्क आर्जन गोथ्र

निर्जिवन बीमा कम्पनीहरुले प्रकाशन गरेको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार गत बर्षको आधारमा तीन निर्जिवन बीमा कम्पनीको व्यापार घटेको छ। गत बर्षको तथ्याङ्कको आधारमा हेर्ने हो भने लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेका छन्। लुम्बिनी जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्यारेन्सको गत बर्षको तुलनामा ७ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको छ।

त्यस्तै सर्वाधिक घट्ने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको कुल बीमा शुल्क आर्जन गत बर्षको तुलनामा ४७ प्रतिशतले घटेको छ। कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा २४ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने गत बर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

नँया तीन निर्जिवन बीमा कम्पनीहरुको अवस्था के छ ?

नयाँ निर्जिवन बीमा कम्पनीहरुले प्रकाशन गरेको प्रथम त्रैमासको वित्तिय विवरण अनुसार कुल बीमा शुल्कको आधारमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रतिशतमा वृद्धि गर्न सफल भएको छ। कम्पनीले गत बर्षको तुलनामा कुल बीमा शुल्क आर्जन ४८२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। कम्पनीले प्रथम त्रैमासको अवधिमा ८ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै दोस्रोमा अजोड इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले असोज मसान्तसम्ममा ३६८ प्रतिशतले कुल बीमा शुल्क आर्जन वृद्धि गर्दै २० करोड रुपैयाँभन्दा माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

तेश्रोमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको कुल बीमा शुल्क २५५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा १४ करोड १० लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS