IME Life New

लक्ष्मी बैंकले पठायो शेयरधनीको खातामा नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । लक्ष्मी बैंकले आफ्ना शेयरधनीहरुको बैंक खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले वितरण गरेको १० प्रतिशत बोनस शेयरको कर कट्टि गरि बाँकी रहेको रकम खातामा जम्मा गरेको हो । मंसिर २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा नगद लाभांश जम्मा गरिदिएको बैंकले जनाएको छ ।

उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत नगद लाभांश खातमा नै जम्मा गरिने लक्ष्मी बैंकले जनाएको छ ।

Esewa
Crest

पुष ६ गते सम्पन्न भएको कम्पनीको १९ औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनश र ५ प्रतिशत नगद लाभांश (कर सहत) गरेको थियो ।

हालसम्म आफ्नो शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लि. नयाँ बानेश्वर, काठमाडौँ वा आफुलाई पायक पर्ने लक्ष्मी बैंक लिमिटेडको शाखा कार्यालयहरुमा वा अन्य कुनै निक्षेप सदस्यहरुमार्फत हितग्राही खाता खोलि आफ्नो शेयर अभौतिकरण गर्न बैंकले अनुरोध गरेको छ ।

पुष २२ सम्म हितग्राही खातामा बैंक खाता अद्यावधि गर्दा बैंक खाताको विवण हुवहु नभई नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरुको विवरण कम्पनीको शेयर रजिष्ट्रारको वेवासाइट लक्ष्मी क्यापिटलमा राखिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS