काठमाडौँ । सिर्जना फाइनान्सले लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको पुस ६ गते बसेको संचालक समितिको २१९ औँ बैठकले सञ्चित मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो ।
फाइनान्सले हकप्रद शेयरपछि कायम हुने (१५ प्रतिशत) का दरले हुन आउने ११ करोड ५ लाख ८७ हजार ६ सय ८० रुपैयाँ बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।