काठमाडौं । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडलिमिटेडको शाखा कार्यालय पालुङ्गटारले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो शाखा अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई वित्तीय साक्षरता अभिमुखिकरण तालिम प्रदान गरेको हो ।
संस्थाका पालुङ्गटार शाखाका शाखा प्रबन्धक नविन खतिवडाको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका योजना तथा तालिम बिभाग प्रमुख बिकास आचार्यले तालिम कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा साना लघुउधमहरुको संचालन, व्यावस्थपन र जोखिम न्युनिकरणका सम्बन्धमा प्रशिक्षित गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख विजय आचार्यले वित्तीय साक्षरता तालिम अभियान कै रुपमा अघि बढेको बताए ।