IME Life New

राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा बनेको रक्तसञ्चार केन्द्रको उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्तसञ्चार केन्द्रको आज उद्घाटन भएको उक्त केन्द्रको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकको ४० लाख सहयोगमा रक्त सञ्चार केन्द्र निर्माण भएबापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई सो समारोह हस्तान्तरण गरेका हुन ्।

Esewa
Crest

उक्त समारोहमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मानवता सम्बन्धी पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैँ तत्पर रहेको र आवश्यक भएमा बैंकले नयां क्षेत्रमा सहयोग गर्ने बताए।

वि.सं. २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुलाई निःशुल्क सेवा, पूर्वप्रहरी तथा तिनका आश्रित परिवारहरुलाई अति न्यूनशुल्कमा सेवा उपलब्ध गराउदै आएको छ भने सुलभ मूल्यमा सर्वसाधारण नागरिकहरुलाई समेत २०७४ सालबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS