IME Life New

डिप्रोक्स लघुबित्तद्धारा केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गोरखा । डिप्रोक्स लघुबित्त वित्तीय संस्था लिमिटेको, शाखा कार्यालय सिमजुङ्ग, बालुवा गोरखामा एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । एक घर ! एक सदस्य !! डिप्रोक्समा बचत गरौ !!! बनाउ बाल बच्चाको भबिश्य !!!! प्रगतिको आधार ! डिप्रोक्स लगुबित्तसँगको कारोवार !! भन्ने स्लोगनलाई आत्मासाथ गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
उक्त कार्यक्रमको सहजिकरण समेत अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले गरेका थिए ।

उक्त कार्यक्रममा ६० जना केन्द्र प्रमुख, शाखाका कर्मचारी, डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडका गण्डकी प्रदेश प्रमुख मधुसुदन हुमागाई, अनुगमन अधिकृत अर्जुन प्रसद पोखरेल र बिशेष अथिति बालुवा चौकी ईन्चार्ज श्रवण राउत, जिबन ज्योति स्कुलका प्र.अ. पर्ण बहादुर गुरुङ्ग र वडाध्यक्ष पुर्ण बहादुर गुरुङ्गको उपस्थिति रहेको थियो ।

Esewa
Crest

केन्द्र प्रमुख सरिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश प्रमुख मधुसुदन हुमागाईले संस्थाको स्थापना देखि हाल सम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, लघुबित्तको दोहोरोपनाको बारेमा जानकारी गराउदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत पारेका थिए ।

अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले वित्तीय रुपमा जानकारी नभै गरिने कुनै पनि वित्तीय कारोवार फलदायि र परिणाममुखि नहुने भएकोले प्रथमतह बित्तिय रुपमा साक्षर भएरमात्र बित्तको परिचालन गर्न सुझाब दिए ।

त्यसैगरी शाखाका शाखा प्रबन्धक शिब प्रसाद ढुंगानाले उपस्थित सदस्यहरुलाई स्वागत गर्दै शाखा स्थापना र हाल सम्मको शाखाको अबस्थाको बारेमा जानकारी दिए बिशेष अतिथि पुर्ण बहादुर गुरुङ्गले भोलिका दिनमा आफ्ना बाल बच्चालाई उच्च शिक्षा पढाउन बित्तको आबश्यक पर्ने त्यसको लागि अहिले देखिनै यस बित्तिय संस्थामा आबद्ध भई रहन सुझाब दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS