IME Life New

स्पर्स लघुवित्तको साधारण सभा पुस २७ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर २९ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजे हुने संस्थाले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोको कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

साथै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्वीजीसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर अथवा एक्वीजीसनपश्चात कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम भएपश्चात १० जिल्ले कार्यक्षेत्रलाई विस्तार गरी राष्ट्रियस्तरको बनाउने र सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पेश हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS