काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । बैंकले उक्त सभा लैनचौर ब्यांक्वेट, काठमाडौंमा बैंकले बिहान ११ बजे गर्ने जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनीदर्ता पुस्तिका पुस ४ गतेदेखि २३ गतेसम्म बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्ममका कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा बैंकले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने, बैंकले जारी गरेको ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका विभिन्न विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।