काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंस्थित सानो भर्याङमा नयाँ शाखा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौैं महानगरपालिकाका प्रवत्ता तथा वडा नं १५ का अध्यक्ष इश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका संंचालक समितिका सदस्य रुपेन्द्र पौडेलले सयुंक्त रुपमा गरेका हुन् ।
हाल बैंकले १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत आफनो सेवा प्रदान गर्दै आईरहेको छ ।