काठमाडौं । ज्योति विकास बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बैंकको उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई दिइने छ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ । बोनस शेयर पछि बैंकको चुक्रा पूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।