काठमाडौं । युनाइटेड फाइनान्सले १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठक उक्त लाभांश दिने घोषणा गरेको हो ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेतगरी ७ दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।