काठमाडौं । सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा विस्तार गरेको छ । सर्वसाधारणमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुराउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७५ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।