IME Life New

नेपाल बंगलादेश बैंकको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले पुस ७ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ९ बजे सुरु हुने बैंकले जनाएको छ ।

साधारण सभा गर्नका लागि बैंकले मंसिर २६ गते बुक क्लोज गर्दैछ । मंसिर २५ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् ।

Esewa
Crest

सभामा बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि बनाइएको छ । बैंकको आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको समेत बैंकले जनाएको छ ।हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS