IME Life New

छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्तको ४४ दशमलव ३३५४ प्रतिशत लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । संस्थाले भाली सोमबार (मंसिर १६ गते) बाट बुक क्लोज गर्दैछ ।

संस्थाले मंसिर ३० गते सधारण सभा गर्ने भएको छ । सभा हेटौंडास्थित होटल सामना प्रालिको सभा हलमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

Esewa
Crest

सभामा संस्थाले कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २७.११८६ प्रतिशत बोनस र १७.२१६८ प्रतिशत नगद गरी कुल ४४.३३५४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दैछ ।

त्यस्तै, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ ।

हाल संस्थाको चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS