काठमाडौं । महालक्ष्मी बैंकले नगद लाभांस शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ ।बैंकले मंसिर दुईगतेदेखि शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।
बैंकले गत बर्षको नाफाबाट बोनस सेयर तथा नगद लाभांसमा लाग्ने करसहित ९ दशमलव ८९ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांस बैंकले लगानीर्काहरुको बैंक खातामा जम्मा गरेको हो ।
कात्तिक २७ गते सम्पन्न बैंकको बार्षिक साधारणसभाले ८ प्रतिशत बोनस र ९ दशमलव ८९ प्रतिशत लाभांस प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभा प्रयोजनको लागि बैंकले कात्तिक २० गतेदेखि २९ गतेदेखि बुक क्लोज गरेको थियो । बैंकको शेयर रजिष्ट्रार सिदार्थ क्यापिटल रहेको छ ।