काठमाडौं । कैलाश विकास बैंकले १८ दशमलव ७७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र २ दशमलव ७७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु हुनेछ ।
बैंकले ४० करोड ३३ लाख १ हजार ७६० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ६ करोड ९८ लाख २१ हजार २१ हजार ६१७ रुपैयाँ नगदमा खर्च गर्नेछ ।