IME Life New

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता तथा बाल उद्यान सामाग्री वितरण कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बाल उद्यान सामाग्री वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको भैरहवा शाखाले सिद्धार्थनगर न. पा.–८, नारायणपथस्थित लिलाराम माध्यामिक विद्यालयमा बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भर्यायाङ लगायतका सामाग्री हस्तान्तरणका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम सिद्घार्थनगर न.पा. वडा नं. ८ का अध्यक्ष राजन जंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका बिभन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

त्यस्तै, बैंकको नेपालगञ्ज शाखाले उपमहानगपालिका ६ मा रहेको नमूना माध्यमिक विधालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गेको जनाएको छ ।

उक्त कार्यक्रममा कक्षा ९, १०, ११ र १२ कक्षामा अध्ययनरत विधार्थीहरुलाई निक्षेप, रकम भुक्तानी कर्जा, बीमा, एटिएम कार्ड, मोबाइल बैंकिङ् लगायतका बैंकिङ् सेवा बारे जानकार गाईएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS