राज कुमार अर्याल कर्पोरेट कानुनको ज्ञाता, प्राध्यापक र बीमा प्रशासक हुन् । बीमा समितिमा एक दशकभन्दा लामो समय कानुन विभागमा कार्यरत रहेका अर्याल यतिबेला सन नेपाल लाईफ इन्स्योरेन्समा दुई वर्षअघि प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त भएका हुन् । जोखिम व्यवस्थापनमा लामो अनुभव भएका अर्यालसँग बीमा बजार, लगानी विविधिकरण र उहाँको आफ्नै कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्सको सेरोफेरोमा रहेर इन्स्योरेन्स खवरका लागि नबराज न्यौपानेले गरेको कुराकानीः
सन नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना गतिविधिलाई कसरी अघि बढाउँदैछ ?
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले पनि अरु जीवन बीमा कम्पनी सरह व्यवसाय गर्ने हो । यसका गतिविधिहरु व्यवसायिक लक्ष्य र योजना अनुसार व्यवसायिक लक्ष्य प्राप्तिका लागि अघि बढिरहेको छ । मूल रुपमा हामीले शाखा संरचनाहरुको विस्तार गर्ने, कर्मचारीहरुलाई तालिम दिने, अभिकर्ताहरुलाई तालिम दिने र जनतामा बीमाको प्रचार प्रसार गर्दै व्यवसाय प्राप्त गर्ने काम गर्दै आएका छौं ।
कतिवटा जिल्लामा शाखा विस्तार भयो, अभिकर्ताहरुलाई तालिम कसरी दिइरहनु भएको छ ? संरचनागत अवस्था के छ ?
हामी शाखा र उपशाखा संरचनामार्फत अघि बढिरहेका छौं । यसरी बढ्ने क्रममा ६८ जिल्लामा हाम्रो भौतिक उपस्थिति छ । स्थापनाको दुई वर्षको अवधीमा हामी करिब करिब दशैभरि उपस्थिति दर्शाउन सफल भएका छौ । कुनै जिल्लामा एक भन्दाबढी शाखा उपशाखामार्फत सेवा दिँदै आएका छौं भने कुनै एक जिल्लाबाट अर्को जिल्लामा हेर्न सकिने भएका कारण ७७ वटै जिल्लामा भौतिक उपस्थिति नभएको मात्रै हो । सेवा प्रवाहको अवस्था हेर्दा ७७ वटै जिल्लामा छ । सेवा प्रवाहलाई प्रभावकारी रुपमा वितरण गर्ने बलियो खम्बा भनेको अभिकर्ताहरु नै हुन् । अभिकर्ताहरुलाई तालिम दिने, उनीहरुको क्षमता बृद्धि गर्ने र अभिकर्तामार्फत नै घरघरमा पुग्ने अभियानमा छौं । पुगेका पनि छौं, बजारमा राम्रो रेस्पोन्स पाएका छौं । हामीले आजको मात्रै व्यापार हेरेका छैनौं, दीर्घकालिन व्यवसाय अभिबृद्धिको रणनीतिक योजना कार्यान्वयनको चरणमा छौं ।
रणनीतिक योजना तर्जुमा गर्दा ठोस लक्ष्य निर्धारण गर्नु भएको होला नी ?
जीवन बीमा कम्पनी भनेको आजको आज र भोलिको भोलि तुरुन्तै सेटअप हुने व्यवसाय होइन । जीवन बीमा व्यवसाय भनेको भोलिको अवस्थालाई हेरेर गर्ने व्यवसाय भएकोले दीर्घकालिन योजना मार्फत नै अघि बढ्ने हो । जीवन बीमा व्यवसाय गर्ने कम्पनी स्थापित हुनको लागि पनि कम्तीमा पाँच वर्ष लाग्छ भन्ने मेरो मान्यता छ । अहिलेसम्म त हामी कम्पनी स्थापना हुँदाका बखत व्यक्त गरेको प्रमुख शर्त आईपिओ निष्काशन गर्ने काम समेत पूरा गर्न बाँकी छ । अहिलेको बीमा बजारमा हेर्दा कर्मचारीहरुबाट सुरु हुन्छ ।
हाम्रो योजना, रणनीतिहरु कर्मचारीहरुमार्फत अभिकर्ता हुँदै जनताको तहसम्म पुग्दा च्यानलवाईज समय र ठूलो मेहनत पर्दछ । त्यो सन्देश दिन पक्कै पनि समय लाग्छ । एक दुई वर्षमै यहाँ पुग्छौं भनेर म अहिले के नै भन्न सक्छु र ? तर फेरि पनि कूल चार वर्षभित्रमा एउटा नतिजा दिने स्थानमा उभिने लक्ष्य त पक्कै छ । त्यो अवधीभित्र एउटा सन्देश दिन सक्ने अवस्थामा कम्पनीलाई पुर्याउँछौं भन्ने हाम्रो प्रतिबद्धता छ ।
हाम्रो योजना, रणनीतिहरु कर्मचारीहरुमार्फत अभिकर्ता हुँदै जनताको तहसम्म पुग्दा च्यानलवाईज समय र ठूलो मेहनत पर्दछ । त्यो सन्देश दिन पक्कै पनि समय लाग्छ । एक दुई वर्षमै यहाँ पुग्छौं भनेर म अहिले के नै भन्न सक्छु र ? तर फेरि पनि कूल चार वर्षभित्रमा एउटा नतिजा दिने स्थानमा उभिने लक्ष्य त पक्कै छ । त्यो अवधीभित्र एउटा सन्देश दिन सक्ने अवस्थामा कम्पनीलाई पुर्याउँछौं भन्ने हाम्रो प्रतिबद्धता छ ।
बीमा व्यवसाय बिस्तारै प्रगति हुने व्यवसाय भन्नुभयो, लगानीकर्ताहरुको दवाव पनि आउँछ होला नी ? यसलाई कसरी मिलाउँनु हुन्छ ?
लगानीकर्ताहरुले प्रतिफल खोज्ने कुरालाई मैले अन्यथा भन्दै भन्दिन, स्वाभाविक नै हो । उहाँहरुले पनि जीवन बीमा व्यवसायमा लगानीगर्दा तत्काल प्रतिफिल प्राप्त हुँदैन भनेरै लगानी गर्नु भएको हुनुपर्दछ । दोस्रो कुरा समग्र बीमा क्षेत्रकै रेट अफ रिटर्न अध्ययन गरेर लगानी गर्नु भएको होला । तेस्रो कुरा लगानी र मुनाफाको सम्बन्धमा नियमनकारी निकायदेखि यहाँ उत्पन्न हुनसक्ने ढिलाईप्रति बुझेरै लगानी गर्नु भएको होला । अहिले नै लगानीकर्ताहरुले प्रतिफल माग गरेको अवस्था छैन ।
जीवन बीमा भन्ने वित्तिकै कर्मचारी परिचालन गर्नुपर्ने, अभिकर्तालाई तालिम, परिचालन गर्नुपर्ने हुन्छ । कत्तिको गाह्रो हुदो रहेछ ?
बीमाको बजारिकरणको मुख्य आधार भनेको अभिकर्ताहरु मार्फत बीमाको योजना बोकेर आम सर्वसधारण माँझ पुग्ने हो । त्यसकारण कर्मचारी परिचालन, अभिकर्ता तालिम गर्ने कुरा हाम्रा लागि सामान्य नै हो । उनीहरुलाई समन्वय गर्ने, बीमाको योजना रणनीतिक रुपमा जनताको बीचमा पुग्ने कुरा स्वाभाविक नै हो । बीमाको क्षेत्रमा काम गरेपछि यो कुरालाई चुनौति होइन, अवसरको रुपमा लिइनु पर्दछ ।
दुई वर्षको अवधीमा धेरै बीमा पोलिसीहरु बजारमा पठाउनु भयो होला । त्यसमध्येको लोकप्रिय पोलिसीबारे केही भन्नुहुन्छ ?
यतिबेला नेपालको बीमा बजारमा जुनसुकै कम्पनीले जेसुकै भनेपनि बीमा योजना विकास गर्ने र व्यापार गर्ने भनेको परम्परागत बीमा योजनाहरु नै हुन् । जति नै नयाँ भनेपनि यहाँ खासै नयाँ योजना छैनन् । मुख्य तीन किसिमबाट हेर्न सकिन्छ । म्यादी जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना र आजिवन जीवन बीमा योजना नै हुन । यीनै योजनालाई केही संशोधन गरेर कसैले के कुरालाई प्राथमिकता दिएका होलान् । खास रुपमा तात्विक भिन्नता छैन । कुन बर्गका मानिसलाई कुन बीमा योजना मनपर्छ भनेर विश्लेषण गरेर तयार गरिएका योजनाहरु छन् । कसलाई कुन बीमा योजना मन पर्दछ भन्ने कुरा त्यो व्यक्तिको चाहना, आवश्यकता र क्षमतामा भर पर्दछ ।
सन नेपाल लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमा योजनाहरुमध्ये बीमा लेख संख्याको आधारमा हेर्दा अर्डिनरी इन्डोमेन्ट (नविन आजिवन जीवन बीमा) पोलिसी नै सबैभन्दा धेरै बिक्री भएको छ । त्यसलाई नै आम जनताले रुचाएको मान्नुपर्ने हुन्छ । त्यसपछि बालबालिकाको सुरक्षणसँग सम्बन्धित बीमा योजना छ । बालसमृद्धि जीवन बीमा योजना पनि अहिले निकै लोकप्रिय छ । नयाँ बीमा योजना र नयाँ प्रकृतिको बीमा योजना बीमा बजारमा भन्ने कुरा मात्रै हुन् । तात्विक भिन्नता चाही छैन ।
छोटो अवधीमा सन नेपाल लाईफले राम्रो प्रगति गरेको छ, झण्डै एक अर्ब त जीवन बीमा कोषमा नै जम्मा गर्न लागिसक्नु भयो । कत्तिको खुशी हुनुहुन्छ ?
स्थापनाका बखत हामीले जुन रणनीति बनाएर अघि बढेका थियौं, ति लक्ष्यहरु हामीले प्राप्त गर्दै गइरहेका छौं । कम्पनी स्थापना भएको भर्खर दुई वर्ष भएको छ । जीवन बीमा कम्पनीले आफ्नो पहिचान बनाउन कम्तीमा पाँच वर्ष समय लाग्छ, त्यो समय आधा व्यतित अझै भइसककेको छैन । त्यो समय आउन दिऊ । आजको मितिसम्म आईपुग्दा कम्पनीले हासिल गरेको उपलब्धीका लागि अभिकर्ता, कर्मचारी, व्यवस्थापन तथा सञ्चालकहरुको सामूहिक प्रयत्न हो । लगानीकर्ताहरुको धैर्यता र उत्साहले आज हामी यहाँ आइपुगेका छौं । आगामी दिनमा अझै अघि बढ्न हौसला र प्रेरणा मिलेको छ ।
मानिसले बैंकमा बचत नगरेर बीमा कम्पनीमा किन गर्ने ?
बीमाको पहिलो शर्त भनेको जोखिमबाट सुरक्षा हो । साथमा बचत हो । जोखिम हुदैन थियो भने बीमाको कुरा नै आउने थिएन । बीमामा जोखिमको सुरक्षण सँगसँगै दवावपूर्ण बचतको कुरा आउँछ । तपाईले बैंकमा राखेको पैसा त मन लागेको बेलामा निकाल्न पाइयो । बीमा गरेपछि तपाईले अनिवार्य बचत गर्नुपर्दछ । बीमा कम्पनीमा बचत गर्दै जाँदा एउटा महत्वपूर्ण धनराशी बचत हुन्छ त्यो धनराशीबाट मानिसले आफ्नो आवश्यकता पूरा गर्न सक्छ । बीमालाई जोखिम सुरक्षणको कोणबाट पहिले हेनुपर्दछ अनि दोस्रो महत्ववपूर्ण फोर्स सेभिङ (दवावपूर्ण बचत) को कोणबाट हेनुपर्दछ ।
नेपालमा बीमाको पहुँच २० प्रतिशतको हाराहारीमा छ । नेपालमा जीवन बीमा कम्पनीहरुको भविष्य कत्तिको सुरक्षित देख्नुहुन्छ ?
बीमा आजको दिनमा हरेक मानिसलाई आवश्यक कुरा छ । बीमाको आवश्यकता नभएको कोही छैन । हामीले बीमाको आवश्यकता महसुस गरेका छौं तर हामी सबैले अपनाएका छैनौं । बीमा बजारको दायरामा चाही पक्कै बढ्छ । हामीले आजको दिनमा जसरी बीमा गरिरहेका छौं, अबको केही वर्षमा बीमाको बजार एकदमै फराकिलो हुन्छ भन्नेमा हामी आशावादी छौं । अर्कोतर्फ हामी (सबै बीमा कम्पनी) ले ठूलो मात्रामा बीमा अभिकर्ताहरुलाई प्रशिक्षित गरेर गाउँ गाउँमा पठाएका छौं । त्यसको प्रभाव देखिन बाँकी छ । अहिले गाउँ गाउँमा जीवन बीमाको बारेमा प्रचार प्रसार भइरहेको छ ।
प्रविधिलाई आत्मसात गर्दै युवा पुस्तालाई साथ लिएर अघि बढ्न सक्यौं भने बीमाको दायरा अझै बृद्धि हुन्छ । अर्को कुरा बीमा बीमा सम्बन्धी पोलिसी पनि रिभ्यु गर्नुपर्दछ । बीमाको दायरा बृद्धिको लागि त्यस देशको आर्थिक नीति महत्वपूर्ण हुन्छ । बीमाको माध्यमबाट करछुटको व्यवस्था गरिनु पर्दछ । कर छुटलाई धेरै मुलुकहरुमा बीमाको दायरा बढाउन व्यापक मात्रामा प्रयोग भइरहेको छ । कही कतै सामाजिक सुरक्षालाई पनि बीमासँग जोडिएको छ । कही स्वास्थ्यसँग सोझै जोडेर बीमा गरिएको पाइन्छ ।
नेपालमा बीमाको बजारिकरणमा बीमाको प्रबद्र्धनमा न्यूनभन्दा पनि न्यून जम्मा २५ हजार रुपैयाँ मात्रै कर छुट दिएर त्यसले बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याँदैन । त्यसैले सरकारले आर्थिक विधेयकमा यस्ता कुरालाई ध्यान दिनु आवश्यक छ । अहिलेको नीतिमा रहेर लगानी बीमाको दायरा बढ्ने सम्भावना म देख्दिन । हामीले नीतिगत सुधार गर्दै जान्छौं, बजारको अन्य अभ्यासहरुलाई अगाडि बढाउँदै जान्छौं भने बीमाको दायरामा बृद्धि हुन्छ नै त्यसले बीमाको भविष्य ग्यारेन्टी गर्छ ।
व्यवस्थापकीय पाटोबाट हेर्दा बीमा क्षेत्रमा भइरहेको अभ्यासहरु नैतिक रुपमा सही छन् ?
कसैल गलत हो, गलत भयो नभनेसम्म सही नै मान्नुपर्नेहुन्छ । प्रतिस्पर्धा हुनु पनि बीमाको चेतनाको अभिबृद्धि गर्ने, बीमाको बजारलाई बढाउन सहयोग त गरेकै छ । कोही एक्लै बजारमा जानु र २० वर्ष कम्पनी बजारमा जानुमा सेवाग्राही अर्थात बीमितको कोणबाट लाभप्रद नै छ । एक जना बीमितले २० जनाको कुरा सुन्न पायो नि त । प्रतिस्पर्धा बढ्नुलाई अन्यथा भन्दिन । प्रतिस्पर्धा भन्दै गर्दा अस्वस्थ प्रतिस्पर्धा होला । अस्वस्थ प्रतिस्पर्धा हेर्ने काम नियमनकारी निकायको हो । उसले राम्रोसँग हेरिरहेको छ ।
बीमा बजारमा भएका गतिविधिहरुलाई नियमनकारी निकायले पनि नोटिस गर्ने गर्दछ । जीवन बीमा क्षेत्रमा हुनसक्ने भनेको गलत, झुक्याउने एक–दुई वटा हुनसक्छ । त्यो पनि एकदमै नगन्य हुन्छ । व्यवसाय प्राप्तिमा केही कुराहरु हुनसक्छ । त्यो कुरा चाही बीमा समितिले पनि हेर्छ । यो अस्वस्थ प्रतिस्पर्धा रोक्न भूमिका निर्वाह गरिरहेको हुन्छ ।
बीमा समितिले चालु आर्थिक वर्षको साउनदेखि ब्याकडेटेड पोलिसीहरु जारी नगर्नु भनेर कडा निर्देशन जारी गरेको छ, त्यसलाई कसरी हुनुहुन्छ ?
यो चाही व्यवस्थापकीय पाटो हो । मूल रुपमा जीवन बीमामा पोलिसी एनिभर्सरी आउनुअघि नै पोलिसी एड्जस्ट गर्ने संसारभरि नै प्रचलित छ । तर, हामी कहाँ चाही त्यसको नाममा दुरुपयोग भयो । नेपालको बीमा बजारमा पोलिसी ब्याकडेट गर्ने, बीमा शुल्क नलिई बीमा गराउने, अथवा त्यसैलाई नै आधार मानेर ऋण पनि दिने जस्ता गतिविधिहरु भए भन्ने सन्यौ । त्यसले बीमा बजारमा प्रत्यक्ष असर पार्ने भयो प्रत्यक्ष असर पार्ने नकारात्मक प्रभाव पर्ने काम कारवाहीका सम्बन्धमा नियमनकारी निकायबाट रोक्नु त राम्रो हो ।
बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईले सार्वजनिक रुपमै बैंकमा निक्षेप राखेर मात्रै बीमा कम्पनीहरुले प्रतिफल दिन नसक्ने धारणा राखेका छन्, लगानी विविधिरणको कुरा आएको छ । यसमा तपाईको धारणा के छ ?
लगानी विविधिकरण गर्नुपर्दछ । एकै ठाउँमा केन्द्रीकृत गरेर लगानी गर्नु हुँदैन । त्यो भन्दा पनि मूल कुरा चाही जीवन बीमामा लगानीका आधारहरुलाई विविधिकरण गरेर, विस्तार गरेर, विविधिकरण गरेर अगाडि बढ्छौं भने पनि एउटा भुल्न नहुने कुरा हो । जीवन बीमा कम्पनीले लिएको प्रिमियम अर्काको दायित्व, आम जनताको जीवनको जोखिमको दायित्व बापत हामीले लिएको प्रिमियम हो । यो बीमा कम्पनीहरुका नासो हो ।
नासोमा लिएको शुल्कलाई दायरा बढाउने तथा विविधिरण गर्ने नाममा तत्काल पुँजिकृत हुन नसक्ने स्थिति रहने गरी लगानी गर्यौं भने त्यो उपयुक्त हुँदैन । किनभने त्यो क्लेम पर्दा तत्काल भुक्तानी दिने अवस्थामा बीमा कम्पनीहरु हुनुपर्दछ । यो कुरालाई विचार गरेर विविधिकरण गर्नु त सबै बीमा कम्पनीहरुको कर्तव्य नै हो ।