IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा व्यवसायीक साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उप महानगरपालिकामा सम्पन्न गरेको छ ।

व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसायदर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्य्विधी, दोहोरो लेखा प्रणाली, आय कर, मुल्य अभिबृद्धि कर ऐनमा भएका संसोधनहरु, वित्तीय कारोबारबारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, व्यवसायमा जोखिम तथा न्युनिकरण लगायतको विषयमा चेतनाको अभिबृद्धि गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

Esewa
Crest

व्यवसायीक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंकले व्यवसायीक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुमा व्यवसाय संग सम्बन्धीत ज्ञानमा अभिबृद्धि गर्ने प्रयास प्रशंसा योग्य रहेको साथै कार्यक्रम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादूर गुरुङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS