IME Life New

एनआईसी एशिया बैंकले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ ।

Esewa
Crest

“सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजनाअन्तर्गत ग्राहकले थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रूपमा वचत गरी आवश्यकता पूरा गर्न, भविष्यका योजना जस्तै( विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामान जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिने, कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा रु. १०० को गुणन दरले रु. ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत व्याज प्राप्त गर्न सकिने बताइएको छ ।

यसै गरी कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भए अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा समेत यस योजनामा रहेको छ ।

खातावाहकले निक्षेपको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नुका साथै निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS