काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । नेपाल राष्ट्र बैंकलेफाइनान्सलाई आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्न अनुमती दिएको हो ।
असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले २ दशमलव ३५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० दशमलव ६५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।
उक्त लाभांश राष्ट्र बैंकबाट मंसिर २ गते स्वीकृत पाएको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन् ।