काठमाडौं । सोल्टी होटलले २६.३१ प्रतिशत लाभांश घोषणा दिने गरेको छ । होटलको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ११.३१ प्रतिशत नगद दिने प्रस्ताव गरेको हो । होटलको प्रस्तावित लाभांस आगामी सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । यस्तै, सभा गर्न मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज हुने होटलले जनाएको छ । मंसिर २४ गतेसम्म कायम रहने सेयरधनी मात्र सोल्टीले दिने लाभांशको हकदार हुनेछन् ।