IME Life New

तीन वाणिज्य बैंकले कमाए अर्बमाथि नाफा, बाँकि बैंकको यस्तो देखियो प्रथम त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु सबैले आर्थिक वर्ष २०७६ ७७ को पहिलो त्रैमासको वित्तयि विवरण प्रकाशन गरिसकेको अवस्था छ । २८ वटा वाणिज्य बैंकहरुमध्ये तीन महिनामा सबैभन्दा धेरै तीन वाणिज्य बैंकल एक अअर्बमाथि मुनाफा कमाउन सफल भएका छन् । एक अर्बमाथि नाफा काउने बैंहरुमा राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक र एनआईसी एशिया बैंक हुन् ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक पुर्ण रुपमा सरकारी स्वामित्वको बैंक हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा एक अर्ब ११ करोड ९० लाख ७४ हजार रुपैयाँ थियो ।

Esewa
Crest

नौ अर्ब ४९ करोड ९५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको वितरणयोग्य नाफा एक अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख २७ हजार रुपैयाँ राखेको छ ।

बैंकको खराब कर्जा ३.५ प्रतिशत, आधार ब्याजदर ६.६ प्रतिशत र स्प्रेड रेट ५.९६ प्रतिशत रहेको छ ।

नविल बैंक
नविल बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकहरुमा राम्रो प्रगति गरेको छ । बैंकले यस अवधिसम्म आयपुग्दा एक अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ६.७६ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब पाँच करोड २४ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

नौ अर्ब एक करोड १८ लाख ४५ हजार रुपैयनन् चुक्ता पुँजी भएको बैंकको वितरणयोग्य मुनाफा भने ७४ करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १० अर्ब ५७ करोड ८८ लाख ५४ हजार रुपैयाँ राखेको छ ।

असोज मसान्तमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ९३ पैसा, सिसिडि रेसियो ७४.०९ प्रतिशत, पुँजीकोष अनुपात १२.२ प्रतिशत, खराब कर्जा शुन्य दशमलव ६५ प्रतिशत, रहेको छ ।

एनआईसी एशिया बैंक
एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा राम्रो प्रगति गर्न सफल भएको छ । बैंकले यस अवधिसम्म एक अर्ब ९६ लाख ५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.१३ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

नौ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्ता पुँजी भएको बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा चार अर्ब ५० करोड ८६ लाख ८० हजार रुपैयाँ राखेको छ ।

असोज मसान्तमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६१ पैसा, सिसिडि रेसियो ७८.३५ प्रतिशत, खराब कर्जा शुन्य दशमलव ०.४५ प्रतिशत, आधार ब्याजदर ९.५१ प्रतिशत रहेको छ ।

अन्य बाँकि बैंकहरुको यस्तो देखियो नाफा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS