ताप्लेजुङ । डिप्रोक्स लघुवित्त वित्तीय सस्था शाखा कार्यलय फुङलिङ ताप्लेजुङले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त गोष्ठी तथा वित्तयि साक्षरता कार्यक्रम फुङलिङ नगरपालिका उपप्रमुख बम बहादुर भट्टराइको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न केन्द्रका ६१ जना प्रमुखहरुको उपस्थतिती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी भट्टराइले स्थानिय स्तरमा लघुवित्त संस्थाले दिएको सेवाको बारेमा प्रशंसा गरेका थिए ।
डिप्रोक्स लघुवित्त प्रदेस १ का प्रदेश प्रमुख राजेश थापाले कार्यक्रमको औचित्य तथा सहभागी हरुको सुझाव तथा गुनासोको व्याख्या गरेका थिए ।
शाखा प्रबन्धक नवीन पौडेलले शाखाको अवस्था , प्रदान गरेका सेवा, तथा प्रमुखले केन्द्रमा खेल्नुपर्र्ने भुमिकाकोबारेमा प्रकाश पारेका थिए ।
त्यस्तै, शाखामा संचालित केन्द्रहरुमध्ये उत्कृस्ट ३ केन्द्र तथा २०७५ सालको एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यको छोराछोरिलाई नगत पुरस्कार तथा प्रसंशापत्र समेत वितरण गरिएको थियो ।