IME Life New

प्रुडेन्सियल इन्स्यारेन्सको बीमाशुल्क घट्यो, कोषमा ७३ करोड जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्यारेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको मुनाफा ६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।यस अवधिमा सो बीमा कम्पनीको खुद बीमा शुल्क एक करोड ३५ लाख रुपैयाँले घटेर १२ करोड ४१ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्ष सञ्चालन अवधिमा इन्स्योरेन्सले १३ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो ।

Esewa
Crest

कम्पनीले पहलो त्रैमासको अवधिसम्ममा पुर्नबीमा कमिशनबाट ६ करोड ३१ लाख, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ६१ लाख रुपैयाँ, बीमा कोषमा ४७ करोड ९० लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको छ । कोषमा दाखिला भएको कूल रकम झण्डै ७३ करोड जम्मा गरेको छ ।कम्पनीले तीन महिनाको अवधिमा २७ हजार ८७८ वटा बीमालेख जारी गरी ३३ करोड ५२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले एक हजार ४६१ दाबी वापत २८ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ९५४ दाबी वापत अझै ५३ करोड ९२ लाख रुपैयाँको भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५० पैसा, प्रतिनेटवर्थ २१३ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २३.४८ गुणा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS