IME Life New

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार, कुल शाखा संख्या १४४ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ । बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहि जिल्लाको मनिग्राम, कपिलबस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा गरी कुल ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतनिधि एंव तथा माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्षडा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

Esewa
Crest

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

हालसम्म बैंकले सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरु, १६७ वटा एटीएम र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७७ स्थानवाट ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS