IME Life New

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन १९ प्रतिशतले बढ्यो ,अन्य सूचांक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीले पहिलो त्रैमासको अवधीमा खुद नाफा १९ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमास अवधी असोज मसान्तसम्ममा आठ करोड ३१ हजार भन्दा माथि खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्ष कम्पनीले ६ करोड ६७ लाख भन्दा माथि खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड १० लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले पाँच करोड ८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ८० लाख १६ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले दुई करोड २५ लाख ५२ हजार रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधीमा कम्पनीले दुई करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो भने अघिल्ले आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ८८ लाख बराबरको दाबी भुक्तानी गरेको थियो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा दुई अर्ब ४९ करोड १८ लाख २७ हजार रुपैंया जम्मा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ९ करोड ६० लाख रुपैंया सञ्चित थियो भने अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र सञ्चित रहेको थियो ।गत आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कोषमा एक अर्ब ३७ करोड ७७ लाख ४६ हजार रुपैयाँ रहेको कम्पनीले अहिले यो आकारलाई बढाएर १ अर्ब ७७ करोड ३४ लाख ९६ हजार रुपैंया पुराएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ९१ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेर्टवर्थ भने मूल्य आम्दानी अनुपात ३६८.०६ मा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS