IME Life New

हात्तीगौंडामा गरिमा विकास बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौ बुढानिलकण्ठ हात्तीगौंडामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यमशिलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

Esewa
Crest

हालसम्म बैंकले ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS