काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सेयरधनीलाई चुक्ता पूँजीको ३८ प्रतिशत बोनस सेयर दिने भएको छ ।कम्पनीको चुक्ता पूँजी २१ लाख ६० लाख रहेकोमा ३८ प्रतिशत सेयर वितरण गरी २९ करोड ८० लाख पुर्याउने भएको छ ।
कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि २ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ ।कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।
हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार बढी शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।